विकास निर्माण गर्ने पाटी एमाले
पाेखरा | कात्तिक २, २०७९
पोखरा । नेकपा एमालेका तर्फबाट कास्की १ का प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले देशमा विकास निर्माण गर्ने एक मात्र पाटी एमाले भएको बताएका छन् ।
अग्रगामी राष्ट्र निर्माणको लागि एमाले पाटीको विकल्प नभएको बताउँदै उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत दिएर पहिलो पाटी बनाउन सबै मतदातामा अनुरोध गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले वडा कमिटी पोखरा २६ ले आयोजना गरेको उम्मेदवार भेटघाट कार्यक्रममा उनले व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्थामा परिवर्तन नभएकोले अवस्था परिवर्तनका लागि एमालेलाई मत दिनुपर्नेमा जोड दिए ।
यस्तै कास्की क्षेत्र नम्बर १ (क) का प्रदेश सभाका एमाले उम्मेदवार खगराज अधिकारीले सुकुम्वासीको समस्या समाधानमा एमाले पाटी कटिवद्ध भएर लाग्ने बताए । उनले अहिले सरकार छ कि छैन जस्तो भान भएको भन्दै अब एमालेको एकल बहुमत आए विकासको लर्काे लाग्ने बताउँदै एमाले उम्मेदवारहरुलाई विजयी बनाउन सबै मतदातालाई आग्रह गरेका छन् ।
पोखरा । दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रका...
पोखरा: लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् । ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् । पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार...

